About Us

हाल नेपालमा प्रकाशन व्यवसायमा स्पष्ट देखिने संस्थाहरूमध्ये विवेक सिर्जनशील प्रकाशन प्रा.लि. देश र समाजको लागि कस्तो साहित्य चाहिन्छ भन्ने एउटा स्पष्ट धारणा लिएर संचालन भइरहेको प्रकाशन संस्था हो । यो संस्थाले निरन्तर विकास गर्दै लैजाने क्रममा अहिले यसले ठूलो आकार लिएको छ । यसले गर्दा यो संस्थालाई लगानी र संचालन/व्यवस्थापनको दृष्टिले दुई जना व्यक्तिको स्वामित्व र व्यवस्थापनमा चलाउनुभन्दा साझेदारीमा चलाउनु उपयुक्त छ भन्ने कुरा यसका संस्थापकहरूले महसुस गरी केही जिम्मेवार व्यक्तिहरूसाग यसबारे छलफल गरी केही लगानीकर्ता र साहित्यकारहरूको साझेदारीमा विवेक सिर्जनशील प्रकाशनलाई माथि उल्लेख भएअनुसारको एउटा गुणस्तरीय, जिम्मेवार र व्यावसयिक दक्षतायुक्त प्रकाशन संस्थामा परिणत गर्ने निर्णय गरी नयाँ लगानीकर्ताहरूलाई समावेश गरी २०६७ मंसिर १५ गतेदेखि नयाँ व्यवस्थापनमा संचालन भइरहेको छ  । 

 विगत दुई दशकमा नेपालमा भएको राजनीतिक परिवर्तन एवं आर्थिक तथा शैक्षिक विकासले गर्दा नेपालमा पुस्तक प्रकाशन व्यवसाय फस्टाएको छ । बजारमा विविध विषयका पुस्तक, पाठ्य पुस्तक तथा बालपुस्तकको माग उल्लेखनीय मात्रामा बढेको छ । बजारको बढ्दो मागलाई गुणस्तरहीन, विज्ञान विपरीत विषयवस्तुका पुस्तक समाजमा नकारात्मक सन्देश दिने खालका तथा विदेशी प्रकाशनहरूले पनि पूरा गरिरहेका छन् । नेपालमै उत्पादित स्थानीय विषयवस्तुका र भौतिक रूपले गुणस्तरीय पुस्तकहरूको माग निरन्तर बढिरहेको छ ।

 नेपाल नयाँ युगमा प्रवेश गर्न थालेको छ । नयाँ नेपाल निर्माणका लागि नेपालको राष्ट्रियता, स्वाभिमान, सबै क्षेत्र, जातजाति, धर्म, भाषा, लिंगका मानिसहरूको सम्मान बढाउने, वैज्ञानिक तथा अग्रगामी चिन्तनयुक्त साहित्यको आवश्यकता छ । यसका लागि नाफाको मात्र उद्देश्य नलिने, देश र समाजप्रति जिम्मेवारी बोध भएको, राष्ट्र निर्माणका लागि आवश्यक सूचना, ज्ञान, साहित्य र मनोरंजनका विषयवस्तुका बारेमा स्पष्ट सोच र दृष्टिकोण भएको आधुनिक प्रविधिलाई बुझ्ने र प्रयोग गर्न सक्ने दक्ष व्यावसायिक प्रकाशन संस्थाको खाँचो छ ।हाल नेपालमा प्रकाशन व्यवसायमा स्पष्ट देखिने संस्थाहरूमध्ये विवेक सिर्जनशील प्रकाशन प्रा.लि. देश र समाजको लागि कस्तो साहित्य चाहिन्छ भन्ने एउटा स्पष्ट धारणा लिएर संचालन भइरहेको प्रकाशन संस्था हो ।

 यो संस्थाले निरन्तर विकास गर्दै लैजाने क्रममा अहिले यसले ठूलो आकार लिएको छ । यसले गर्दा यो संस्थालाई लगानी र संचालन/व्यवस्थापनको दृष्टिले दुई जना व्यक्तिको स्वामित्व र व्यवस्थापनमा चलाउनुभन्दा साझेदारीमा चलाउनु उपयुक्त छ भन्ने कुरा यसका संस्थापकहरूले महसुस गरी केही जिम्मेवार व्यक्तिहरूसाग यसबारे छलफल गरी केही लगानीकर्ता र साहित्यकारहरूको साझेदारीमा विवेक सिर्जनशील प्रकाशनलाई माथि उल्लेख भएअनुसारको एउटा गुणस्तरीय, जिम्मेवार र व्यावसयिक दक्षतायुक्त प्रकाशन संस्थामा परिणत गर्ने निर्णय गरी नयाँ लगानीकर्ताहरूलाई समावेश गरी २०६७ मंसिर १५ गतेदेखि नयाँ व्यवस्थापनमा संचालन भइरहेको छ ।